नियम
पदपूर्ति समिति
सैनिक विविध सेवाको देहायको पदमा उम्मेदवार छनौट गरी नियुक्तिको लागि सिफारिस गर्न देहाय बमोजिमको पदपूर्ति समिति रहनेछः–
(क) उपसेनानी पदको लागि,–
(१) लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको आयोगको सदस्य –अध्यक्ष
(२) मन्त्रालयको सचिव –सदस्य
(३) कार्यरथी –सदस्य
(४) प्रधान सेनापतिले तोकेको सम्बन्धित समूहको अधिकृत –सदस्य
(५) निर्देशक, भर्ना छनौट निर्देशनालय –सदस्य–सचिव
(ख) अमल्दार, हुद्दा र जमदार पदको लागि,–
(१) निर्देशक, भर्ना छनौट निर्देशनालय –अध्यक्ष
(२) प्रतिनिधि (अधिकृत) लोक सेवा आयोग –सदस्य
(३) प्रतिनिधि (अधिकृत), मन्त्रालय –सदस्य
(४) सम्बन्धित समूहको अधिकृतस्तरको प्रतिनिधि –सदस्य
(५) अधिकृत, भर्ना छनौट निर्देशनालय –सदस्य–सचिव
(ग) सिपाही पदको लागि,–
(१) सम्बन्धित समूहको सेनानी –अध्यक्ष
(२) प्रतिनिधि (अधिकृत) लोक सेवा आयोग –सदस्य
(३) प्रतिनिधि (अधिकृत), मन्त्रालय –सदस्य
(४) सम्बन्धित समूहको अधिकृतस्तरको प्रतिनिधि –सदस्य
(५) अधिकृत, भर्ना छनौट केन्द्र –सदस्य–सचिव